नियम ५३
स्टाइम्पि· मेसिन (फ्रेन्किङ मेसिन
नियम ५२ को प्रयोजनको निमित्त स्टाइम्पिङ मेसिनको छाप ऐनको दफा १३ को उपदफा (१) अनुसार प्रचलनमा ल्याइनेछ । त्यस्तो छाप देहायको शर्त र बन्देजको पालना गरेमा सर्वसाधारणद्वारा प्रयोग गर्न सकिनेछः–
(१) यस्तो मेशिनबाट निस्कने छाप उज्यालो रातो रङको हुनु पर्छ ।
(२) यस्तो छाप हुलाक वस्तुको अगाडिको भागको दाहिने कुनामा लगाइएको हुनु पर्दछ ।
(३) यस्तो मेशिन प्रयोग गर्ने लाइसेन्सको निमित्त लाग्ने दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।
(४) अन्य शर्त बन्देजहरू महानिर्देशकले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(५) स्टाएम्पि· मेशीनको प्रयोग गर्नको लागि लाइसेन्स दिने नदिने सर्वाधिकार महानिर्देशकमा रहनेछ ।